नागार्चन माविको ४७ औं वार्षिकोत्सव  सम्पन्न

बैतडी : पञ्चेश्वर गाउँपालिका वडा (५ स्थित नागार्चन माध्यमिक विद्यालय रन्तोलीले ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला समुन्वय समिति सदस्य हरु नेपाली पञ्चेवर गाउँपालिकाका वडा न (५ कार्यवाहक अध्यक्ष राम बहादुर चन्द विद्यालयका संस्थापक प्रधानाध्यापक दिवान सिंह भण्डारीको विशिष्ट आतिथ्य रहेको विद्यालयले जानकारी दिएको छ ।

यस्तै विद्यालयले वर्षभरिमा गरेका साँस्कृतिक कार्यक्रम तथा खेलकुद समारोह लगायत विविध प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेपछिको एक महत्वपूर्ण कार्यक्रमको रूपमा यस समारोह आयोजना गरेको विद्यालयका प्रधानाध्यापक गणेश सिंह भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।भने कार्यक्रम संचालन विद्यालयका सहायक प्रधानाध्याक परमानन्द भट्टले गर्नुभएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.