बैतडीमा सहिद दिवसको अबसरमा काव्य गोष्ठी सुरू

बैतडी–सहिद दशरथचन्द जन्मघर बैतडीको दशरथचन्द नगरपालिका(५ बस्कोटमा आजदेखि दशरथचन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सुरू भएको छ।
सहिद दिवसको अवसर पारेर यहाँ राष्ट्रिय संरक्षण अभियानको आयोजना,दशरथचन्द नगरपालिकाको प्रवद्र्धन तथा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको सहकार्यमा साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सुरू भएको हो ।
दुईदिनसम्म सञ्चालन हुने गोष्ठीको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।
सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली,बैतडी जिल्ला अदालतका न्यायाधीश तीर्थराज भट्ट,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, उपप्रमुख कौशिला चन्द, राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकलगायतको उपस्थिति रहेको थियो।
यसअघि उद्घाटन अघि सुन्दरखाली सहिदगेटबाट बाजागाजा र छलिया नृत्यसहित सुरू भएको प्रभातफेरी सहिद दशरथचन्दको जन्मघर बस्कोटमा पुगेर उद्घाटन समारोहमा समाहित भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.