दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि यहाँ शुरु भएको छ ।दशरथचन्द नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगिता निङ्गलाशैनी खेल मैदान देहीमाण्डौको खेलमैदानमा शुरु भएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका, खेलहरु भइरहेका दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जनाएको छ ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उक्त प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरु छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकाको टीम तयार गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्दले बताए । प्रतियोगिता
उद्दघाटन सत्रमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाल, प्रदेश सभा सदस्य जानकी ऐर बमको सहभागिता रहेको थियो ।