जोशिबुगां मावीको ५५औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९जोशिबुगां लमैता स्थित जोशिबुगां मावीको ५५ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विभिद कार्यक्रमकाबीच विद्यालयको वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
विव्यस अध्यक्ष नन्दराज जोशिको सभापतित्वमा सम्पन्न सो वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा पुर्व सभासद लिलाधर भट्ट रहेका थिए भने, विशिष्ट अतिथि नगरप्रमुख पुष्करराज जोशि रहेका थिए ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि दशरथचन्द नगरपालिका नगर प्रमुख जोशीले नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने बताए ।
विद्यालयका प्रद्यानाध्यापक दुर्गादत्त जोशिले विद्यालयको वार्षिक शैक्षिक एव आर्थिक प्रतिवेदन प्रस्तुत गरेको विद्यालयका लेखापाल हरीदत्त जोशीले बताएका छन् ।
उक्त कार्यक्रममा स्थानिय मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले सगुन, छलिया नृत्य लगायतका मौलिक कला संस्कृतिको प्रदर्शन गरिएको उनले बताए ।
यस्तै वर्षभरि उत्कृष्ट भएका विद्यार्थीलाइ पुरुष्कार समेत दिएइको जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.