बैतडीमा भिरबाट लडेर २९ वर्षिया स्वास्थ्य स्वयंमसेविकाको मृत्यु

बैतडी ः बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाँउ जमाडीकी २९ वर्षिया स्वास्थ्य स्वयंमसेविका सिता बिष्टको मृत्यु भएको वडाध्यक्ष तपेन्द्र सिह बिष्टले बताउनुभयो।

पौष २९ गते घर नजिकै जगंलमा घास काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाईते भएकि थिईन। गम्भीर अवस्थामा रहेकि बिष्टलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो। डडेल्धुरामा उपचार संम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार संम्भव नभएको भन्दै घर पठाएको पारिवारिक स्रोतले बताएको छ ।

अचेत अवस्थामा रहेकि बिष्टलाई घर ल्याउदैँ गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताउनुभयो। बिष्ट २०६९ सालदेखी स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत रहेको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख दिपक प्रसाद बागले जानकारी दिनुभयो।

मृतक बिष्टका एक छोरा र एक छोरी रहेकि छिन। रोजगारीको लागि भारत गएका श्रीमान विगत दुई÷तिन वर्षदेखी सम्पर्क विहिन अवस्थामा रहेका छन।

सासुआमा र दुई छोराछोरीको साथमा रहदैँ आएकी बिष्टको मृत्युले परिवार बिच्चलीमा परेको छ। मृतक बिष्टको निधनमा आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ ले आज एकदिन शोक विदा दिएको स्वास्थ्य केन्द्र प्रमुख बागले जानकारी दिनुभयो।

बिष्टको स्थानीय परम्परा अनुसार गंगेश्वर दोभानमा अन्त्येष्टि गरिने जनाईएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.