भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा पाण्डेय
करुणाकर भट्ट बैतडी – भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा पाटन नगरपालीका – ७ निवासी रमेश पाण्डेय चयन भएका छन्।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेयलाई बैतडीको अध्यक्षमा चयन गरिएको हो।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम देशभरका बिभिन्न जिल्लाका अध्यक्षहरू चयन गर्ने क्रममा बैतडी जिल्लाका लागि पाण्डेय परेका हुन्। मन्त्रीस्तरको निर्णय मन्त्रालयले सोमबार गरेको हो। मन्त्रालयले अध्यक्षमा पाण्डेयको नियुक्तिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा सक्रिय योगदान पुग्ने विश्वास गरिएको छ। पाण्डेय कांग्रेसनिकट छन्।