आज बैतडीसहित सुदूर पहाडमा माघी पर्व मनाइदै
माघ १ बैतडीसहित सुदूरपहाडमा आज ‘नरहरी’पर्व बनाइदै छ। माघे संक्रान्तिको दिन यहाँ ‘नरहरी’पर्व मनाउने चलन रहेको छ। ‘पुसमा पाक्य र माघमा खाक्य’ भनिएजस्तै पुस समान्तको राती मिठो मसिनो पकाउने र पहिलो रोटी कागका लागि छुट्टै राख्ने चलन रहेको छ। पाप नष्ट हुने मान्यतकासाथ पुस मसान्तको राती पकाएको पहिलो रोटी माघ १ गते संक्रान्ति अर्थात ‘नरहरी’को बिहानै नुहाईधुवाई गरेर कागलाई दिने चलन रहेको छ। चामलको रोटी, तरुल, सखरखण्ड लगायतका परिकार पकाउने चलन समेत रहेको छ।
सनातन धर्म अनुसार कागलाई शन्देश बहाकको रुपमा लिने गरिएकाले संक्रान्तिको दिन कागलाई रोटी खुवाउने चलन रहेको हो। ‘नरहरी’पर्वको दिन तरुल, सखरखण्ड खाने चलन छ। वर्षको एकदिन भएपनि बनजंगलमा पाइने माटोमुनीको फल खानुपर्ने मान्यताकासात कन्दमुलजन्य खानेकुरा तरुल, सखरखण्ड खाने गरेको सस्कृतीका जानकार हरीप्रशाद जोशीले बताए।
धार्मिक मान्यता अनुसार ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान भन्ने बुझिन्छ। धार्मिक आध्यात्मीक कार्यको सुरुवात भएको दिनको रुपमा ‘नरहरी’ बनाउने गरिएको सस्कृतीका जानकारी आचार्य रघुनाथ जोशीले जानकारी दिए। ‘धार्मिक कार्यकर्नको लागि ढोका खल्यो, यस उत्तरायणका समयमा सबै धार्मिक कामहरु हुन्छन्,’ उनले भने।
धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायनको अवधि भन्ने गरिन्छ। उत्तरायणको अवधिमा मांगलिक कार्यहरु गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ। ब्रतबन्ध, बिवाह लगायतका मांगलिक कार्य प्रायजसो उत्तरायनको अवधिमा गर्ने गरिएको छ। माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उत्तरायणको अवधि हो भने साउन १ गतेदेखि पुस मसान्तसम्म दक्षिणायनको समय हो।
यसैगरी माघ महिनालाई धार्मिक महिनाको रुपमा लिने गरिन्छ। माघ महिनादेखि धार्मीक तथा मांगलिक कार्य गर्ने सुभारम्भ भएकाले यस महिनालाई धर्मी महिनाको रुपमा लिने गरिएको सस्कृतीका जानकारहरुले बताएका छन्। माघ महिनामा मासुजन्य खानेकुरा खान नहुने प्रचलन समेत रहेको छ। माघे संक्रान्ति तथा ‘नरहरी’का दिनदेखि माघस्नान समेत सुरु हुन्छ।