केदारशिला मावीको ३५औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ सुर्काल स्थित केदारशिला मावीको ३५ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विभिद कार्यक्रमकाबीच विद्यालयको वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
विव्यस अध्यक्ष तथा वाड न.ं ७ का वडा अध्यक्ष हरी दत्त बडुको सभाध्यक्षतामा आयोजना भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि दशरथचन्द नगरपालिका नगर प्रमुख पुस्कर राज जोशी रहनु भएको थियो ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि दशरथचन्द नगरपालिका नगर प्रमुख जोशीले नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने बताए । यहाँका अधिकांश विद्यालयको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा रहेको समेत अवगत गराएका थिए
विद्यालयका प्रद्यानाध्यापक केशव राज पाण्डेयले विद्यालयको वार्षिक शैक्षिक एव ं७१ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको शिक्षक बलदेब बडुले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.