सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक विद्यार्थी परिषद्को अध्यक्षमा जोशी नियुक्त
पुस १५ : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्राविधिक विद्यार्थी परिषद् (फोट्स) नेपालको अध्यक्षमा लोकेश जोशी नियुक्त भएका छन् । परिषद्को केन्द्रीय प्रतिनिधि रुपमा केन्द्रीय सदस्य ई . रबिन खड्काद्वारा हस्ताक्षरित नियुक्ति पत्र अनुसार जोशीलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
आइतवार जारी गरिएको पत्रमा खड्काले जोशीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, उनले जोशीले फोट्स नेपालको विधान अनुसार गतिविधि सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।
जोशीले सुदूरपश्चिम विश्वविद्यालयका प्राविधिक विद्यार्थीहरुको प्रतिनिधित्व र हकहितमा काम गर्ने बताएका छन् ।