जनताले पाउनुपर्ने सूचना निः सङकोच भएर दिनु : प्रजिअ उपाध्याय

बैतडी पुस १२ : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लास्थित सार्वजनिक सेवा प्रदायक सुचना अधिकारी र सरोकारवालाहरुको बैठक सम्पन्न गरेको छ ।

बैठकमा सुचना अधिकारीहरुलाई जनताले पाउनु पर्ने हरेक सूचना निः सङकोच मानेर दिन हुन प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्यायले निर्देशित गरेका छन् ।

कार्यालयका हरेक सूचना पार्दशी तरिकाले कार्यालयको वइवसाईट, सूचनापाटी र आधिकारीक समाजिक संजालमा राखेर जनातालाई सुसूचित गर्न जिल्ला स्थित सबै कार्यालयका सूचना अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्देशन दिनु भएको छ । बैठकमै नवनिर्वाचित पत्रकार महांसघ बैतडीको टिमलाई स्वागत एवम वधाई समेत दिएको थियो ।

बैठकमा नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडुले जिल्ला बाहिर जाने सूचनाले जिल्ला स्थित संचारगृह धरापमा पर्नलागेकाले बाहिरजाने सूचनालाई रोकेर जिल्लाकै संचारगृहलाई सहयोग गरिदिन सूचना अधिकारी मार्फत सबै कार्यालय प्रमुखलाई आग्रह समेत गर्नु भयो ।

अध्यक्ष बडुले पत्रकारहरुलाई समाचारमा आवस्यकपर्ने डेटा र दिन मिल्ने सूचना समयमै उपलव्ध गराईदिन पनि सूचना अधिकारीहरु लाई आग्रह गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.