नेकपा माओवादी केन्द्र पाटन नगर कमिटी अध्यक्षमा बिष्ट चयन,
बैतडी नेकपा माओवादी केन्द्र पाटन बैतडीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । राम सिंह बिष्टको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटि गठन गर्दै दोस्रो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले नगर कमिटि उपाध्यक्षमा गोपाल भाट, गजेन्द्र सिंह बोहरा र राजेन्द्र प्रशाद भट्ट तथा सचिवमा देवदत्त भट्टराई, सह सचिवमा नारद पन्त र कोषाध्यक्षमा सेनु चन्द चयन भएका छन् । माओवादी केन्द्रले स्थानीय तहको सम्मेलनहरु गरिरहेको छ ।
निवर्तमान पालिका कमिटि अध्यक्ष तर्क सिंह ठगुन्नाको सभाध्यक्षतामा आज सम्पन्न पालिका सम्मेलनका प्रमुख अतिथि बैतडी जिल्ला इन्चार्ज एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य नरेन्द्र कुवँर (बिजयसुन्दर) रहनु भएको थियो । पालिका सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका प्रेम प्रकाश भट्ट (आदित्य), माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य धर्म सिंह ऐर(कपिल), कमल बोहरा (अपी), पाटन नगर इन्चार्ज हरिश बिष्ट लगायत पाटन भुगोल भएका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यस पटक माओवादी केन्द्रले जनप्रतिधिहरुलाई पार्टीको जिम्मेवारी हेरफेर गरेको छ । अन्य भुमिमा रहेका प्रदेश कमिटि सदस्य समेतका नेता नगर कमिटीको पदाधिकारीमा आएका छन् ।