बैतडीः धनगढी पाटन हवाइ सेवा साताको एक दिन, भाडा ३८ सय दुई

असोज -२५ / लामो समय पश्चात बैतडीको पाटन बिमानस्थलमा साताको एक दिन उडान हुनेभएको छ । असोज २९ गतेदेखि हप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने भएको हो । विसं २०५२ देखि बन्दरहेको पाटन बिमानस्थलमा २६ वर्षपछि पुनः हवाई सेवा सञ्चालन हुनलागेको हो ।

धनगढीलाई बेस बनाएर यही असोज २९ गतेदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । हप्ताको १ दिन बिहिवार समिट एयरले उडान भर्ने उहाँको भनाईछ ।

बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बताइएको छ । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी पाटनको भाडादर भने ३ हजार ८ सय २ रुपैंया तोकिएको छ । नियमित हवाई उडानको चर्चाचलेपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर बनेकाे  छैन । अहिले साताको एक दिनमात्रै हवाइ उडान हुने र टर्मिनल भवन तथा टावर बनेपछि नियमित उडान हुने बताइएको छ ।

यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । पाटन बिमानस्थलको परिक्षण उडान असोज १७ गते शनिबार संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलिले गर्नुभएको थियो । हप्ताको एकदिन हवाई सेवा सञ्चालन हुने भएपछि बैतडीका नागरिकहरुमा उत्साह छाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.