बैतडीमा एक बालकको शंस्कापद मृत्यु, स्थानीयद्धारा सडक अबरुद्ध

बैतडी पुस ११ : वर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको आरोप लगाउदै बैतडीमा स्थानीयहरुले सडक अबरुद्ध पारेका छन्। आज दिउँसो १२ बजेदेखि गोकुलेश्वर(गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका हुन्।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको गएराती मृत्यु भएको थियो। यस घटनाको निस्पक्ष छानबिन हुनुपर्ने र क्षतिपुर्तीको मागसहित सडक अबरुद्ध पारिएको स्थानीय ध्रुव रानाले जानकारी दिए।

बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी(३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो। त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो।

त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो। त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी र वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरासहितको सडक अबरुद्ध पारिएको स्थानमा पुगेका छन्। स्थानीयहरुसँग छलफल भइरहेको बताइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.