दशरथचन्द नगरपालिका जेष्ठ नागरिकहरुलाई सम्मान
करुणाकर भट्ट बैतडी .बैतडीको दशरथचन्द नगरपालिकामा नगरपालिकाको वडा नं १ देखि ११वडा सम्मका ८५ वर्ष भन्दा माथीका समूहका ज्येष्ठ नागरिकलाई सम्मान र सामग्री वितरण कार्यक्रम शुरु गरेको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भएको
शाखा प्रमुख लिला कुँवरले बताइन् । ८५ बर्षमाथिका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको कुँवरले बताइन् ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वडामा पुगेर कार्यक्रम सञ्चालन भइरहेको छ । बुधबार दशरथचन्द नगरपालिका वडा नं २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर उप प्रमुख कैशीला चन्दले भने, ‘ज्येष्ठ नागरिक नगरको इतिहास हुन्,’ उनले भने, ‘यसको संरक्षण गर्न नगरपालिकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम रहेको बताइन,।
दशरथचन्द नगरपालिका वडा नं २मा आइतबार जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा उपप्रमुख चन्दका साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरीदत्त भट्ट, वडा अध्यक्ष सुर्य बहादु बोहरा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवर लगायतको सहभागिता रहेको थियो ।