ढाई वर्षभित्र बैतडीबाट बसाइँसरी जानेको संख्या नौ गुणाले बढ्यो
बैतडी पुष ७ : पछिल्लो सयम देसैभरी बसाइँ सरी जानेको संख्या बढिरहेको परिप्रेक्ष्यमा बैतडीबाट पनि बसाइँ सरी जानेको संख्यामा उल्लेखनिय वृद्धि भइरहेको पाइएको छ ।
ढाई वर्षको अवधीमा बैतडीबाट बसाइँसरी आउने भन्दा बसाइँसरी जानेको संख्या ९ गुणाले बढिरहेको पाईएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ढाईवर्षको तथ्यांक हेर्ने हो भने बैतडीमा बसाइँसरी आउने भन्दा बसाइँसरी जानेको संख्यामा ९ गुणाले बृद्धि भएको पाइएको हो ।
२०७९ बैशाख देखी २०८१ मंसिर मशान्त सम्मको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागक बैतडीको तथ्यांकमा बसाइँसराई आउनेको संख्या ४०१ देखिएको छ भने बसाइँसराई गरि जानेको संख्या ३ हजार ६४२ देखिएको छ ।
दश वटा स्थानियतह मध्ये बसाइँसराई जानेमा गाउँपालिकामा सबै भन्दा वढि संख्या दोगडाकेदारबाट ५४४ र नगरपालिकामा दशरथचन्द नगरपालिकाबाट ७२१ रहेको छ । यस्तै सबैभन्दा कम गाउँपालिकामा पञ्चेश्वरबाट १९९ र नगरपालिकामा मेलौलीबाट २७९ बसाइँसराई गरि गएको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य र शिक्षाको लागि बसाइँसराई गरिजानेको संख्या बढिरहेको डिलासैनी गाउँपालिका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र प्रशाद जोशीले बताउनु भयो । स्वास्थ्य शिक्षाको राम्रो व्यवस्थापन गर्न सके बसाइँसराईलाई रोक्न सकिने प्रमुख जोशीको भनाई छ ।
बसाइँसराई गरि छोडेको पहाडकोबाझोँ जमिनमा उत्पादन गर्ने किसानलाई उचित उनुदानको व्यवस्था गर्ने, उत्पादन भएको बस्तु बजारीकरण गर्ने, सामुदायिक विद्यालयमा पनि निजी विद्यालयकै जस्तै शिक्षा प्रदान गर्ने र स्थानिय सरकारले रोजगारीको व्यवस्था गर्न सके बढ्दो बसाइँसराईलाई रोक्न सकिने जिल्ला समुन्वय समिति बैतडीका प्रमुख खगेन्द सिह धामीले बताउनु भयो ।