दनपा ९ को वडा सम्मेलन सम्पन्न
बैतडी पुष ६ : बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । आज भएको वडा सम्मेलनबाट चन्द्र देब जोशिकोे अध्यक्षतामा र शुरेस राना सचिवमा २५ सदस्य वडा कमिटि गठन गरिएको माओवादी केन्द्रका नगरकमिटि अध्यक्ष गोपाल बहादुर बोहराले जानकारी दिनुभयो ।
वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका कन्द्रिय कमिटि सदस्य नरेन्द्र कुवँर विजयसुन्दर, लगायत नगर कमिटिका पदाधिकारी सहित सदस्यहरु र वडातहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।