बैतडीमा डोरी घाटीमा कसिएर १४ बर्षिय बालकको मृत्यु
बैतडी पुष ६ : खेल्ने क्रममा बैतडीमा एक बालकको घाटीमा डोरी कसिएर मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ९ ग्वालेक बस्ने खेमराज जोशीका १४ बर्षिय छोरा सन्दीप जोशीको घाटीमा डोरी कसिएर मृत्यु भएको छ ।
जोशीको आफ्नो घर नजिकै साथिहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा डोरीले घाटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेले बताउनु भयो ।
साथिहरुले खोल्दा नखोलिएको र घरमा खबर गरी निजका आमा बुवाले डोरी काटी निजलाई उपचारको लागी जिल्ला अस्पताल बैतडी ल्याईएको थियो । अस्पतालमा चेकजाँच गर्दा जोशीको मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।