दसरथचन्द नगरपालिकाले मनायो अन्तराष्ट्रिय आप्रवासन दिवस
बैतडी पुस ३ : सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मुल नाराका साथ दसरथचन्द नगरपालिकाले सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरेर २५ औँ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाएको छ ।
चालु आर्थिक वर्षदेखि नगरपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम संचालन गरिेको छ । बैदेसिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउनुको लागि सुरक्षित आप्रावासन कार्यक्रम संचालन गरेको दसरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीले बताउनु भयो ।
बैदेसिक रोजगारीमा जानेलाई उचित परामर्श दिने, बैदेसिक रोजगारमा गएकाहरुका घर परिवारलाई सहयोग गर्ने, विदेसमा समस्या परेकाहरुलाई आवस्यक सहयोग गर्ने जस्ता कार्यहरु कार्यक्रमले गरिरहेको संयोजक जोशीले बताउनु भयो ।
पछिल्लो सयम विदेसिनेहरुको संख्याँ दिनानुदिन बढिरहेको र नबुझेरै जाँदा विदेसमा दुःख पाउनेहुनाले वडा अध्यक्षहरुले गाउँगाउँमा सुरक्षित आप्रावासन कार्यक्रमबारे जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने र नगरपालिकाबाट आवस्यक सहयोग गरिने नगर उपप्रमुख एवम् कार्यबाहक नगरप्रमुख कौसिला चन्दले बताउनु भयो ।
गत आर्थिक बर्षमा दुई जनाको श्रम सवीकृत, ११ जनाको पूनः श्रम स्वीकृत, एक जनाको बैदेसिक रोजागरमा गएर विदेसमै मृत्यु भएकाको सव नेपाल ल्याउने कार्य, विदेसमै मृत्यु भएका दुईजनालाई बैदेसिक रोजगार वोर्डबाट आर्थिक सहयोग जस्ता कार्य गरेकोे रोजगार शाखाले जानकारी दिनु भएको छ ।