मेलौलीमा ट्याक्टर दुर्घटना
बैतडी पुस १ : बैतडीको मेलौली नगरपालिका(१ मा ट्याक्टर दुर्घटनामा परेको छ । सोमबार उग्रतारा सडकखण्डको झुसील भन्ने स्थानमा सु प प्र ०१००२ त ६६८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय त. स्व देहीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा परी एक जना सामन्य घाईते भएका छन् । घाइते लाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा ल्याइएको छ ।
उग्रतारा सडकखण्डको सिराड बाट ढुंगा ल्याउन जाने क्रममा एक्कासी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय त. स्व देहीले जनाएको छ ।