नेकपा माओवादी केन्द्रको मेलौली नगर अधिवेशन सम्पन्न, अध्यक्षमा भट्ट

बैतडी–नेकपा माओवादी केन्द्रको मेलौली नगर कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट मेलौली नगर कमिटीको अध्यक्षमा खेम राज भट्ट चयन भएका छन।भट्ट तेस्रो नगर अधिवेशनबाट सर्वसहमत अध्यक्षमा चयन भएका हुन्।

भट्टको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन भएको नेकपा माओवादीका जिल्ला संयोजक शंकर भण्डारीले बताउनुभयो।

अध्यक्षमा भट्ट सहित उपाध्यक्षमा दिपक नायक , कृष्ण पार्की, सीता दयाल,सचिबमा दिलिप दयाल, सह–सचिबमा शंकर घर्ती र कोषाध्यक्षमा कस्तुरा सुनी चयन भएका छन् ।

जिल्ला इन्चार्ज नरेन्द्र कुवर(बिजयसुन्दर)प्रदेश उपाध्यक्ष रण बहादुर कुवर, पुर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, जिल्ला सयोजक शंकर भण्डारी, लगायतका नेताहरुको उपस्तिथिमा अधिवेशन सम्पन्न भएको हो।

साथै कार्यक्रममा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा २५ जना नेकपा एमाले र नेपाली कांग्रेसबाट माओवादी पार्टीमा प्रवेश गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.