बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा सम्पन्न
बैतडी मंसिर ३० – बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा आइतबार भण्डार प्रदर्शन गरेर जात्रा सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्क्ष कृष्ण प्रकाश बहादुर बोहराले बताउनुभयो ।
मन्दिरमा हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन जमानी जात्रा लाग्ने गर्दछ । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल खेलिएको छ भने भव्यरुपले देउडा खेल पनि खेलिएको छ । यो जात्रामा बलि भने हुदैन् तर पुजापाठ धुपदिप गर्नेको भने भिड लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ । बिहिबार निङ्गलाशैनी भगवती मन्दीमा लागेको जात्रामा दर्शनार्थीहरुको घुइचो लागेको थियो ।