दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला मंसिर २७ : दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहारको मृत्यु भएको हो। आफन्तलाई लिन जाने क्रममा घरबाट अन्दाजी ५ सय मिटर टाढा रहेको जेवलाधार भिरबाट लडेर १५० मिटर तल खस्दा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.