बैतडीः दश ओटै स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट
असोज -२४ / बैतडीको पाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट घोषित भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देश्नालयले पाटन नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट घोषणा गरेको हो । जिल्ला १० अाेटै पालिकाहरु मध्ये स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै स्वास्थ्य निर्देश्नालयले उत्कृष्ट घोषणा गर्दै ४० हजार नगत पुरस्कार पनि प्रदान गरेको पाटन नगरपालिकाका नगरप्रमुख केशब बहादुर चन्दले जानकारि दिनुएको छ ।
९ वटै जिल्लाको स्वास्थ्यको प्रदेस स्तरीय समिक्षा गोस्टीबाट बैतडीको पाटन नगरपालिकालाई जिल्लाको उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले बार्षिक समीक्षाको समापन कार्यक्रमको दिन आज नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत एवं सम्मानित गरेको हो । पाटन नगरपालिकाले दिएको स्वास्थ्य सेवा जिल्लामै उत्कृष्ट रहेको प्रदेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले पाटन नगरपालिकाले उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेको आधारमा पाटन गरपालिका १० आेटै पालिकामा सबैभन्दा बढी अंक लिएर उत्कृष्ट भएको स्वास्थय कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।
यस्तै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट, कोभीड १९ को महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति एवं जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशी पनि प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत एवं सम्मानित हुनुभएको छ ।
यस्तै पुर्चैडी नगरपालिका अन्तरगतको हाट स्वास्थ्यचौकीका ल्याब असिष्टेन्ट डम्बर कुँवर पनि सम्मानित एवं पुरस्कृत हुनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका विभिन्न पदमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत एवं सम्मानित गरेको हो ।