बैतडीको पुर्चौंडीमा आगलागीबाट गोठ जलेर नष्ट,चार पशुचौपाया मरे

बैतडी मंसिर २४  : बैतडीको पुर्चौंडीमा  आगलागीबाट  चारओटा पशुचौपाया मरेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–८ पन्तोलीस्थित ज्ञानेन्द्रसिंह साउँदको गोठमा आगलागी हुँदा दुईओटा भैंसी, एक गोरु र एक बाख्रा जलेर मरेका हुन् ।

कुडो पकाउनका लागि गोठलामा बालेको आगो सल्केपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सोमबार बिहान ३ बजेको समयमा गोठमा आगलागी भएको बुझिएको छ ।

स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो भने आगलागीबाट ३ लाख बढीको क्षति भएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.