दशरथचन्द नगरपालिका २ मा नेकपा माआवादी केन्द्रको वडा कमिटि विस्तार,अध्यक्षमा बोहरा
मंसिर २२, बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । आज भएको वडा सम्मेलनबाट उद्घव बहादुर बोहराकोे अध्यक्षतामा र करन बहादुर बोहरा सचिवमा १५ सदस्य वडा कमिटि गठन गरिएको माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष गोपाल बहादुर बोहराले जानकारी दिनुभयो ।
वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका कन्द्रिय कमिटि सदस्य नरेन्द्र कुवँर विजयसुन्दर, लगायत नगर कमिटिका पदाधिकारी सहित सदस्यहरु र वडातहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।