बैतडीमा महिलाहरुका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा सञ्चालन हुने

बैतडी, मंसिर १८ । बैतडीमा महिलाहरुका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ ।
सामाजिक बिकास कार्यालयको आयोजनामा यहाँका महिलाहरुलाई लक्षित गरि निःशुल्क तयारी कक्षा संचालनका लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना प्रकाशित गरिएको सामाजिक विकास कार्यालय बैतडीमाका प्रमुख शंकर दत्त जोशीले बताए । उनका अनुसार लोकसेवा तर्फका सहायक स्तर चौथो र पाँचौ र शिक्षक सेवा तर्फका निम्न माध्यमिक तह र प्राथमिक तहका तयारी कक्षा संचालन हुने छन ।

यस कार्यक्रम अन्तर्गत निशुल्क तयारी कक्षा प्रदान गरिनेछ। इच्छुक महिलाहरुले आवश्यक कागजातसहित मंसिर २५ गतेभित्र आवेदन दिन सक्नेछन । आवेदन फारम कार्यालयबाट निःशुल्क उपलब्ध गराईने जनाईएको छ ।

लोक सेवाको कक्षा लिन चाहाने ईच्छुक महिलाको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । साथै माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेको र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवस्यक पर्ने छ ।

शिक्षक सेवा आयोगको कक्षा लिन चाहानेहरुका लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको, माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र अध्यापन अनुमतिपत्रको प्रमाणपत्र आवस्यक पर्ने छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.