नेपाली कांग्रेसको सय दिने अभियान बैतडीमा जारी

बैतडी– बैतडीमा नेपाली कांग्रेसको एक सय दिने विषेश अभियान जारी रहेको छ । पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापती बिर बहादुर बिष्टले बताए ।
पार्टीका आन्तरिक क्रियाशील सदस्यस्यताका विषयमा काम हुने छन् भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको समन्वय बढाउनको लागि कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । यसैगरी समसामयिक राजनितिक एजेण्डाहरुमाथि पनि पालिका र जिल्लास्तरमा वृहत छलफल हुने कार्यबाहक सभापति बिष्टले बताए । पञ्चेश्वरमा रमेश सिंह भण्डारी, शिवनाथमा दशरथ चाड, मेलौलीमा सेरीराम पार्की, पाटनमा विष्णु जोशी, सुर्नयामा जय बहादुर कुवँर, पुर्चौडीमा कर्ण बोहरा, डिलाशैनीमा कर्ण राना, सिगासमा तेज बहाुदर साउँद, दोगडाकेदारमा भानदेव भट्ट र दशरथचन्द नगरपालिकामा रमेश बोहरालाई अभियान संयोजक तोकिएको छ । यी संयोजकहरुले पालिकामा सांगठनिक सुदृढिकरण लगायतका कामहरु गर्ने छन् ।

नेपाली कांग्रेस केन्द्रिय समितिले यस अभियानको लागि बैतडीमा केन्द्रिय सदस्य एवं पर्यटन विभाग संयोजक आगेलु शेर्पालाई खटाएको छ ।

आज दशरथचन्द नगरपालिका वडा न २ देहिमाण्डौमा कार्यक्रम सम्पन्न भएको दशरथचन्द नगरपालिका संयोजक रमेश बोहराले जानकारी दिए। भोली देखि दुई दिन सुर्नया गाउँपालिकामा, मंसिर १७ देखि दुई दिन पाटन नगरपालिकामा र मंसिर १९ गते मेलौलीमा अभियान सञ्चालन हुने जनाएको छ ।

केन्दीय प्रतिनिधिले जिल्लामा रहेका भातृ र शुभेच्छुक संघसंस्थाहरुसंग अन्तरक्रिया गरेर सांगठनिक अवस्था,समस्या,चुनौती लगायतका विषयमा पनि छलफल गर्नुभएको छ । पहिलो चरणको अभियान दशरथचन्द नगरपालिकाबाट शुरु भएको र मेलौली नगरपालिका पुगेर सम्पन्न हुनेछ । अभियानका लागि प्रतिनिधिका रुपमा नेपाली कांग्रेस केन्द्रिय समितिले बैतडीमा केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पालाई खटाएको छ ।

पहिलो चरण सम्पन्नपश्चात केन्द्रिय प्रतिनिधिसंगको आवश्यक परामर्श र छलफलपछि दोस्रो चरणको मिति तोकिने कार्यबाहक सभापति विष्टले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.