के हो विवाह के छ विवाहको महत्व ज्योतिष हरीकृष्ण भट्ट
हिन्दु सनातन धर्म र पूर्विय दर्शनमा विवाहको धेरै ठुलो महत्व रहेको छ। हिन्दुहरुका चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष मध्ये कामको अर्थ बंश परमपरा कायम रख्नु पनि एक हो। सन्तान उत्पान गर्नु मानवको प्रमुख कर्तव्य भित्र पर्दछ। जसको सन्तानहरु हुन्छन उसको लागि स्वर्गको ढोका खुला रहन्छ र जसका नाति पनातिहरु हुन्छन उसले स्वर्गको सुख भोग गर्न पाउँछन भन्ने जनविश्वास रहेको छ। वंश परम्परा कायम राख्न विवाह महत्व पूर्ण मानिन्छ। वैदिक सनातन धर्ममा विवाहलाई पवित्र वन्धनका रुपमा हेरिन्छ। विवाह पश्चात मात्र महिला र पुरुष पूर्ण हुन्छन। त्यसैले नारीलाई अर्धाङ्गिनी पनि भनिन्छ। प्राचिन समयमा ब्रह्मचार्य आश्रममा विद्यार्जन सकेर विवाह गर्ने चलन थियो। विचमा यो परम्परा कायम हुन सकेन किन भने सनातन वैदिक धर्म माथि धेरै हमलाहरु भए कारणले परम्पराहरुले निरन्तरता पाएनन् धेरै परम्पराहरु लोप भएर गए। जसको फलस्वरुप वाल विवह गर्ने परम्पराको सुरुवात भयो। विवाह गर्ने तरिक पनि फरक फरक देखा पर्न थाले। विवाह गर्न चाहने केटा र केटीको रोजाईको आधारमा गरिएको विवाहलाई प्रेम विवाह भन्न थालियो। अभिभावकको सहमतीबाट गरिएको विवाहलाई मागी विवाह भन्न थालियो। आज भोलि प्रेम विवाहको चलन लोकपृय बन्दै गएको छ। प्रेम विवाह नौलो भने कदापी होईन। यसका सवल र दुर्वल पक्षहरु धेरै भए तापनी यस परम्पराको सुरुवात भगवान शिव र दक्ष प्रजापतिकि कन्या सती देवीबाट चलेको देखिन्छ। ब्रह्माजिका पुत्र दक्षलाई प्रजापतिको पद मिले पछि उनको स्वभाव परिवर्तन भई उनिमा धेरै रवाफ र धाक बढ्नपुग्छ। दक्षका धेरै कन्याहरु भएको कुरा धर्मशास्त्रमा वर्णन गरेको पाईन्छ। दक्ष प्रजापति र भगवान शिवको आपसमा बैर भाव भएको कुरा पुराणहरूमा पढ्न पाइन्छ। दक्ष प्रजापति र भगवान शिवको बीचमा वैर भाव हुनुको पनि एउटा कारण छ। पहिले पितामह ब्रह्माका चारवटा शिरहरू रहेका थिए। एउटा शिर भगवान शिवले कार्टेर चारवटा शिरहरू मात्र बाँकी रहेका थिए। दक्ष प्रजापति आफ्ना पिताको शिर काटेको बदला शिवजीसँग लिन चाहन्थे।यस्तै विचार दक्ष परिवारका अन्य सदस्यहरूमा पनि रहेको थियो। दक्ष प्रजापतिकी छोरी सतीदेवी पनि शिवजीको कट्टर विरोधी थिइन। अथवा दक्ष परिवारमा नै शिव विरोधी धारणा व्याप्त थियो। उता शिव भने दक्ष प्रजापतिको व्यवहारको कुनै प्रवाह गर्दैनथे दक्ष प्रजापति शिवजीलाई युद्धको लागि वेला वेला चुनौती दिने गर्दथे साथ साथै सतीदेवी पनि पितासँगै शिवसँग युद्ध गरी बदला लिने विचारमा थिइन् यसै समयमा सतीदेवीको जीवनमा धेरै विपत्ति आइपर्छ। उक्त विपत्तिको घडीमा सतीदेवीलाई सहयोग गर्ने कोही पनि हुँदैन अचानक शिवजी आएर उनको रक्षा गर्दछन् यस्तै घटनाक्रममा एकदिन सतीमातामा शिवजी प्रति वैर भावको सट्टा प्रेमको भाव पैदा हुन पुग्छ। किनभने जस प्रति द्वेष भाव रहेको थियो उसले नै आफूलाई ठूलो गुण लगाए पछि विचार परिवर्तन हुनु स्वभाविक थियो। उक्त दिनदेखि सतीदेवी शिवजीव प्रतिको वैर भाव त्यागी प्रेम गर्न थालिन्। सतीको मनमा शिवको लागि प्रेम भाव प्रकट भए पनि उनि उक्त भाव बाहिर देखाउन चाहँदैन थिइन्। शिवजी र सतिदेवीको निरन्तरको भेटघाट र घटना परिघटनाबाट उनीहरु विच प्रेम गाढा रुपमा विकसित हुँदै थियो फलस्वरुप दुवै एक अर्को विना वाँच्न नसक्ने गरी प्रेम आसक्तिमा डुबेका थिए। घटनाक्रम विकसित हुँदै जाँदा दुवैजनाको विवाहको कुरा पनि चल्छ जुन कुरा शिव विरोधी प्रजापतिलाई मान्य हुँदैन। उनमा आफ्ना पिताको बदला लिने भूत सवार भएको थियो। हुन पनि सच्चा पितृभक्त छोराको कर्तव्य आफ्ना बुवाको इज्जत बढाउदै बुवाले अपुरा गरेको काम पूरा गर्ने हुन्छ। भगवान शिव र सतीदेवीको विवाह हुने कुरा भएपछि संसारमा खैलाबैला माचिन्छ। देवगण राक्षस गण सबैमा उत्साह पैदा हुन्छ। तर दक्ष प्रजापतिलाई यो कुरा मान्य भने हुँदैन। स्वयं ब्रह्माजी आएर दक्षलाई सम्झाउँछन् तर कसैको केही चल्दैन। केटाकेटीहरूको विवाह हुँदा अभिभावकको मन्जुरीले विवाहमा वैधता प्राप्त हुन्छ र यसरी परिवारको सहमतिमा भएको विवाहले कुल परम्परा, धर्मशास्त्र र सामाजिक मुल्य मान्यताहरूलाई समेत आत्मसाथ गरेको हुँदा समाजमा विवाहको महत्व बढ्ने गर्दछ।शिव र सती को विवाहमा सबैको सहमति भए पनि कन्याका बुवाको सहमति हुँदैन विरोधाभास परिस्थितिका बावजुद पनि भोलेनाथ र सतीदेवीको विवाह सम्पन्न हुन्छ घृणाबाट प्रेममा परिणत भएको जीवन धेरै दिनसम्म धेरै दिनसम्म सुख सयल पूर्वक बित्दछ। हुन पनि घृणालाई जित्ने एउटा मात्र हतियार प्रेम हो। योभन्दा ठूलो अर्को हतियार हुन सक्दैन। शिवजीले त्यही गरेका थिए। सती माता त्यही हतियारबाट घायल भए पछि कायल भइन् र प्रेम योगको सुरुवात हुन्छ। संसारमा महिला शक्ति यस्तो शक्ति हो जसको सामु सबै शक्ति झुकेका छन् नतमस्तक भएका छन् यही शक्तिले इतिहासमा दुई ठूला ठूला दर्दनाक घटनाहरू निम्त्याएर संसारमा ठूलो क्षति पुर्याएको छ। भगवान शिव र सतीदेवीको जीवनमा पनि यो घटना घटेको छ। जसको कारण संसारमा ठूलो उथलपुथल भएका घटनाहरू देखिन्छन्।
भगवान शंकर भगवान रामका उपासक थिए उनी भगवान रामलाई आराध्यदेव मान्दथे जहिले पनि भगवान रामको प्रशंसा गर्दथे। यसको असर माता सतीमा पनि परेको थियो। उनी पनि भगवान राम सीताको उपासक थिइन्। एक दिनको कुरा हो भगवान शंकर भगवान रामको महिमा गाई रहेका थिए। रामकथा वाचन गरि रहेका वेला प्रसङ्ग वश सीताजीको हरण र पत्नी वियोगमा भगवान राम दुःखित भई जंगल जंगल घुमि रहेको कथाको प्रसङ्ग आए पछि सतीदेवीमा भ्रम पैदा हुन्छ। देवताहरूका देव महादेवले पनि जस्को नित्य उपासना गर्दछन् यस्तो व्यक्तित्व भगवान राम कसरी पत्नीको वियोगमा दुःखी हुनसक्छन् भनि सतिदेवीको मनमा राम भगवानको अवतार हुन् कि होइनन् भन्ने कुराको भ्रम पैदा हुन्छ। भगवान श्रीरामको परीक्षा लिने कुरा माता सतीको मनमा पलाउँछ यसका लागि भगवान शिवजीसँग अनुमति माग्छिन् तर भगवानले अनुमति दिने कुरा नै थिएन।
धेरै धेरै जोर स्वर र स्टीहटका कारण भगवानको पनि केही चलेन आखिर सति माता सीता को रुप बनाएर भगवान राम भएको ठाउँमा पुग्छिन् भगवान रामको नजर पर्ने बित्तिकै माता भनेर यो कुरा भगवान शंकरले पनि प्रत्यक्ष हेरिरहेका थिए भगवान शंकर माता सितालाई माता सम्मान मान्दथे आफ्नै माताको भेष धारण गरिसकेपछि सतीदेवीलाई पत्नी स्वीकार्नु शिवजीका लागि ज्यादै कठिन कुरा थियो। उनले मनमनै सतिदेवीको त्याग गरिसकेका थिए। उता सतीमाता लजाएर कैलाश पर्वततिर फर्किन् र शिवजीलाई आफू भगवान रामलाई भेट्न नगएको र फर्केर आएको कुरा बताइन् भगवान शिवजीलाई ठगेको कुरा पनि थाहा थियो उनले सतीदेवीलाई मनले त्याग गरिसके र पहिला जस्तो सम्बन्ध नरहेको र स्वस्थ सम्बन्ध बिताउँदै गरेका थिए भगवान शिव र माता सति देवीको यो सम्बन्ध धेरै दिन चलिरह्यो त्यही समयमा उता दक्ष प्रजापतिले आफ्नो दरबारमा एउटा यज्ञको आयोजना गरे जसमा संसारभरिका देवी देवताहरूलाई निमन्त्रणा गरियो खाली शिवजीलाई छोडेर कैलाश पर्वतको आकाश मा सारा देवताहरु आफ्ना बाहन दक्ष प्रजापतिको यज्ञमा सामेल भइरहेका थिए। यो देखेर साथी माताले भोलेनाथसँग यसको बारेमा जान्ने कोसिस गरिन् शिवजीले प्रजापतिले यज्ञको आयोजना गरेको र त्यसमा भाग लिन संसार भरिका देवगणहरू सामेल भइरहेको कुरा बताए। पतिदेवको यो कुरा सुनेपछि सतीदेवीको मनमा आफ्नो बुवाको घरमा जाने अभिलाषा बढेर आयो र उनी त्यहाँ जाने विचार गर्न थालिन्। यसका लागि पतिदेवसँग अनुमति मागिन्। प्रति उत्तरमा भगवान शिवजीले निमन्त्रणा नदिएको ठाउँमा जानु हुँदैन भन्ने सल्लाह दिए। अरुको उत्सवमा जान निम्तो चाहिए पनि माईतीको उत्सवमा जान निम्तो चाहिदैन भनेर भगमान भोलेनाथको मंजुरी विना सतीदेवी माईती गईन। त्यहा दक्ष प्रजापतिको घरमा धुम धाम यज्ञ चलिरहेको थियो। संसार भरिका देवी, देवता, ऋषि, पण्डित पुरोहितहरु उक्त यज्ञको निम्तो पाएर यज्ञमा उपस्थित भएका थिए। तर शिवजी मात्र त्यस ठाउँमा उपस्थित थिएनन्। निम्तो विना नै माइतमा गएकी सतीदेवीले यज्ञमा आफ्ना पतिबाहेक अरु सबै बहिनीहरूका पतिहरू उपस्थित भएको देख्दा उनीमा नैरास्य उत्पन्न हुन्छ। उक्त यज्ञमा सबै व्यक्तिहरूलाई मर्यादाक्रम अनुसार सम्मान तथा इज्जत दिएको थियो। तर माता सतीदेवीलाई कसैले पनि केही सुनाई समेत गरेनन्। उक्त यज्ञमा सतीदेवीले अपमानित भएर बस्नु परिरहेको थियो। बुवा दक्ष प्रजापतिको उनि प्रति मनोमालिन्यता रहे पनि माता, भाइ बहिनी तथा अन्य परिवारका सदस्यहरुले समेत उनको केही वास्ता गरेनन्। यज्ञमा आहुति दिँदा सबै सबै देवताहरूले भाग पाए तर शिवजीले पाएनन्। यस्तो दक्ष यज्ञमा सतिदेवीको अपमानको सिमा नै रहेन। वुवाको यज्ञमा आफ्नो अपमानलाई सहेर बसेकि सतीदेवीले आफ्नो प्राणनाथ शिवजीको अपमानलाई भने सहन गर्न सकेनन्। यज्ञमा अपमान र तिरष्कारको सिमा नागेको अवस्था भएकाले उनले आफु प्रति भएको व्यवहारलाई सहन नसकी यज्ञकुण्डमा हाम फाली यज्ञ विध्वंस गर्दै आफ्नो प्राण त्यागिन्। उता यो खबर शिवजीसँग पुगे पछि उनको तेस्रो आँखा खुल्यो र यज्ञ स्थलमा भएको भ घटनाको बारेमा पूर्ण जानकारी लिए पछि उनले आफ्ना वीरहरुलाई त्यहाँ पठाई दक्ष प्रजापतिसँग युद्ध गरी यज्ञ विध्वंस गरे। माता सतीले प्राण त्याग गरि सके पछि संसारमा डर त्रास र भय उत्पन्न भई आतंकको स्थिति पैदा भयो। जे भयो यो संसारको लागि नराम्रो परिघटना घट्यो। कुनै पनि घटनाले परिवर्तन ल्याउँछ। उक्त परिवर्तनले केही मूल्य र मान्यताहरु विस्थापित हुन्छ भने केही नविन मान्यताहरु स्थापित हुनपुग्छन र इतिहासमा नयाँ आयामहरू थपिन्छन्। घृणाबाट प्रेममा बदलिएको भोलेनाथ र दक्षकन्या सतीको जीवन फेरि नयाँ मोडमा आएर उभिन्छ। भगवान शिव आफु विरक्त भई सतीदेवीको लासलाई लिएर संसारको परिक्रमा गरी रहे। उनले यस क्रममा अल्का टाकुराहरूमा भ्रमण गरी एकान्तमा मौन बसी आफ्ना दुःखहरु मनाउने र संसारबाट आफूलाई अलग राख्ने प्रयत्न गरे। उनै शिवजीले बसेका ठाउँहरू आज केदारका नामले पनि चिनिन्छन्। अफगानिस्तानदेखि म्यानमारसम्मको उच्च पहाडका टापुहरु शिवजीका तपोभुमी, ज्ञानभूमी, शोकभूमी र चिन्तनभूमी हुन्। जसलाई संसारका हिन्दु सनातनीहरुले पवित्र तीर्थस्थलका रूपमा पूजा आजा गर्दछन्। यस्था आस्थाका केन्द्रहरुमा अमरनाथ, केदारनाथ, ध्वजा केदार, ग्वाल्लेक केदार, रौला केदार, सिगास केदार देउलेक केदार, मालिकार्जुन, छप्लाकेदार, गोरखानाथ, पशुपतिनाथ आदी हजारौं तिर्थ स्थलहरु पर्दछन।यि भगवान शिवले विरक्त भइ एकान्त बास लिएका ठाउँहरू हुन। भोलेनाथले भ्रमण गर्दा पिठ्युमा आफ्नी प्राण प्यारीको लासलाई समेत बोकेर लग्ने गरेका थिए। उनै जगत जननी माता सतीको लासबाट अङ्गपतन भई खसेका ज्ञात अज्ञात शक्ति पीठहरू करोडौं संसारमा आज भोलि पुजिन्छन्। यज्ञ कुण्डमा प्राण त्याग गरेको घटनाले संसारलाई आज शक्ति पीठहरू प्रदान भएका छन् र भोलेनाथको विभिन्न स्वरूप संसारलाई प्राप्त भएका छन्। नेपाल शिवको भूमि हो। यहा हजारौं शिवालयहरू र शक्तिपीठहरू छन्। मानसखण्ड भित्र पर्ने ग्वाल्लेक केदार पर्वतमा पनि शिवजीले तपस्या गरी सिद्धि प्राप्त गरेका थिए। त्यसैले यस ठाउँलाई सिद्ध केदार पनि भनिन्छ। यस धामको वरिपरि तीनवटा शक्तिपीठहरू छन् निङ्लासैनी, मेलौली र रणसैनी यी शक्ति पीठहरू सतिदेवीका अङ्गपतन भई उत्पत्ति भएका शक्तिपीठहरू हुन्। यी धरोहर सबैका साझा हुन् कसैले ल्याएका वा थापेका होइनन्। यि सति युगदेखि अस्तित्वमा रहेका शक्ति पीठहरु हुन्। पूर्वीय दर्शनमा विवाह संस्कारमा प्रेम विवाहको कथा प्राचीन भए पनि यसको अन्त दुखद भएको कुरा हामी ऐतिहासिक घटनाहरूबाट थाहा पाउँछौं। प्रेम विवाहमा दुःख कष्ट हुन्छ र यसको परिमाण वियोगान्त हुन्छ। यसबाट हामी के कुराको निष्कर्ष निकाल्न सक्छौँ भने विवाह गर्दा अभिभावकको सहमति जरुरी हुन्छ। अभिभावकको सहमति बिना गरेको विवाहको परिमाण दुखद हुन्छ। बरबधुको विवाहका लागि हिन्दु दर्शनले केही नियमहरु तोकि दिएका छन् । जसलाई हामी मिलाएर विवाह गर्ने भन्छौं। यो एउटा वैज्ञानिक परम्परा हो। यसमा विज्ञान सम्मत कुराहरु छन्। यो रुढीवादी कुरा होइन। विज्ञानको विरुद्धमा गएमा परिणाम दुर्घटना हुन्छ। हाम्रो पूर्वीय दर्शनले बरबधुको विवाहका लागि महत्त्वपूर्ण विधान बनाएको छ। जसको पालना गरेको खण्डमा वैवाहिक जीवन सफल हुन्छ। यस्तो विवाह चिरस्थायी र दीर्घकालीन हुन्छ। हाम्रो धर्मशास्त्रमा आठ प्रकारका विवाहको बारेमा चर्चा गरिएको छ ब्रह्म विवाह, प्रजापत्य विवाह, अर्ष विवाह, गन्धर्व विवाह, आर्य विवाह, दैव विवाह, असुर विवाह, पैशाच विवाह तथा राक्षस विवाह।
१ ब्रह्म विवाहः यो विवाह सु(शिक्षित एवम् उत्तम चरित्रवान बरलाई बोलाएर उसको पूजा गरी वस्त्र भूषणहरुले सु(सज्जित भएकि कन्याको दान गरि गरिने विवाह हो। ब्रह्मको अर्थ पवित्रता हो। यो विवाह पवित्र विवाह हो।
२ प्रजापत्य विवाहः तिमी दुईवटै मिलेर आफ्ना धर्म परम्पराअनुसार काम गर्न भनी केटा पक्षलाई प्रतिज्ञा गराई गरिएको विवाह प्रजापत्य विवाह हो। यसमा केटाले सधै गृहस्त रहने र सन्यासी नहुने तथा दोस्रो विवाह नगर्ने प्रतिज्ञा गरेको हुन्छ।
३ आर्ष विवाहः वरबाट यज्ञ अनुष्ठानको खर्च, बस्त्र तथा गाई वस्तु आदि लिई कन्याको गरिब पिताबाट गरिने विवाह हो। यसमा लिएको धन कन्या दानमा मात्र खर्च गरिन्छ।
४ दैव विवाहः यज्ञ अनुष्ठानको बीचमा कन्यादान गरी गरिने विवाह हो। यसमा कन्यालाई भेटीको रुपमा बरलाई दिइन्छ। विशेष गरी ब्राह्मणहरूका लागि यो विवाह उपयुक्त मानिन्छ।
५ गन्धर्व विवाहः कन्या तथा बरको आपसी सहमतिमा गरिने विवाह गन्धर्व विवाह हो। यसलाई प्रेम विवाह पनि भनिन्छ।
६। असुर विवाहः केटा पक्षबाट निश्चित रकम लिई केटी दिने विवाह असुर विवाह हो। यसमा पहिले नै रकमको शर्त पूरा गर्न पर्छ।
७ पैशाच विवाहः छल गरेर कन्यासँग संभोग गरी गरेको विवाह पैसाज विवाह हो।
८ राक्षस विवाहः बल पूर्वक केटी भगाएर गरिने विवाह राक्षस विवाह हो। यसमा अभिभावकलाई डराई धम्काई गरिन्छ। युद्ध गरेर गरिने विवाह भएकाले यो पनि निम्न स्तरको विवाह हो।
हाम्रो वैदिक सनातन परम्परामा विवाह तीनवटा कुरालाई बढी महत्त्व दिईन्छ। कुल सम्बन्धी, कन्या सम्बन्धी र नाम सम्बन्धी
क। कुल सम्बन्धीः हाम्रो धर्मशास्त्रमा कुललाई विवाहमा उच्च प्राथमिकता दिएको छ। हाम्रो गाउँ घरमा पनि कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको, पानी खानु मूलको, चेली ल्याउनु कुलको भन्ने उखान प्रचलनमा छ। सबै विद्वानहरूले सदाचारी विशाल एवम् प्रभाव वाला कुलमा मृगी, कोष्ठादी रोग नभएको कुलमा विवाह गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारी, चोरी, करणीमा वात लागेको कुलमा विवाह नगर्नु पर्ने आज पनि उत्तिकै सान्दर्भिक कुरा छ। वंश गुण सन्तानमा पनि सर्ने भएकाले उत्तम वंशबाट विवाह गर्नु राम्रो मानिन्छ। कुलिन मान्छेले सुख दुखमा साथ दिन्छ।
ख। कन्या सम्बन्धीः विवाहमा सब भन्दा महत्व पूर्ण कन्यालाई मानिन्छ। यसरी तीन प्रकारका गुणमा बढी जोड दिएको छ। ९क०। शारीरिक न्यूनता नभएकोः कुरूप, अपाङ्ग, मोटी, छोटी, धेरै लम्बी, शरीरमा रौ नभएकी, स्वर मिठो भएको, घुडा खुट्टामा रौ नभएकी, हाँस्ने समयमा गालामा खाल्डा नपर्ने, कन्यासँग विवाह गर्न बताएका छन्। ९ख०। आकर्षक व्यक्तित्वः कन्या देख्नमा राम्रो, सबै अङ्गहरू भएकि, सुन्दर, निर्दोष, अल्छी नभएकी, भावुक नहुने, अप्रिय नबोल्ने, कन्यासँग विवाह गर्नुपर्छ। रोगबाट मुक्त, कुनै पुरुषबाट दूषित नभएकी, अक्षय योनी तथा स्त्री धर्मको नाश नभएकी कन्यासँग विवाह गर्नुपर्छ। ९ग०। नाम सम्बन्धीः धर्मशास्त्रमा कन्याको नामलाई विशेष महत्व दिएको छ। आफ्नो नाम नदी, पर्वत, सूर्य, नक्षत्रको आधारमा नभएको हुनु पर्दछ। अप्सराहरूको नामबाट पनि कन्याको नाम राख्नु हुँदैन। सार्वजनिक परियोजनमा प्रयोग गरिने ठाउँहरूको नामबाट कन्याको नाम राख्नु हुँदैन। नदी पर्वत आदि सार्वजनिक प्रयोजनमा प्रयोग गरिन्छन्। नक्षत्रहरूमा पनि ग्रहहरु भ्रमण गर्ने हुनाले नक्षत्रको नामबाट कन्याको नाम राख्नु हुँदैन। संक्षेपमा भन्नु पर्दा बरको शिक्षा, आर्थिक अवस्था, स्वास्थ्य अवस्था, स्वभाव, आचार र अन्य परिस्थितिलाई मध्यनजर गरेर कन्याको छनोट गर्नुपर्छ भन्ने कुरामा विशेष विशेष जोड दिएको छ। वर वधुको विवाह गर्दा बर र कन्याको उमेरमा कमसेकम ५ देखि १० बर्षको अन्तर हुनुपर्दछ। कन्या जेठी भए विवाह योग्य मानिदैन। जुन विज्ञानमा आधारित मान्यता हो यो विधिको पालना गरेर विवाह गरेमा विवाह सुखमय दीर्घायु हुन्छ।
बर बधु मिलानका आधारहरू
१। वर्ण मिलान
२। वस्य मिलान
३। तारामिलान
४। योनी मिलान
५। ग्रह मैत्री मिलान
६। गण मिलान
७। भुकुट मिलान
८। नाडी मिलान
लेखक ज्योतिष हरीकृष्ण भट्ट
ठेगना दशरथचन्द नगरपालीका १ सुजडा
पेशा शिक्षक पेशा शिक्षक मणीलेक मा..वि गुरुखोला