बैतडीमा इन्सपेक्टरसहित ५ प्रहरीमा कोरोना पुष्टि
बैतडी–असोज २४/ जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको डिएसपी अधिकारीले बताए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।