बनारसीधाममा ऐतिहासिक कोटीहोम : अतिरुद्राभिषेक अष्टोत्तरशतभागवत महायज्ञको तयारी गरिदै :

बैतडी कार्तिक २७ : बैतडीको बनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १ सय ८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको छ ।बनारसीधामविश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्ने बनारसी धाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दिप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १ सय ८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण,बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गर्ने र गंगा संगममा चारपल्ट महा आरती गरिने साथै विविध पाठपारायणको आयोजना गर्ने बिषयमा समितिमा छलफल भएको हो ।

साथै अतिरुद्राभिषेक यज्ञ १४ हजार ६ सय ४१ आवृती, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, बास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ १ हजार १ सय ८ , श्रीमद्भगवत्गीतापाठ १ हजार एक सय ८ पाठ, श्रीशिवसूक्तपाठ ११ सय ११, श्रीसूक्तपाठ, ११ सय ११, श्रीपुरुषसूक्त पाठ, ११ सय ११, श्रीकनकधारास्तोत्रपाठ ११ सय ११, श्रीबटुकभैरवस्तोत्रपाठ ११ सय ११, श्रीविष्णुसहस्रनामपाठ ११ सय ११, शिवमहिम्नपाठ ११ सय ११, शिवताण्डव स्तोत्रपाठ, ११ सय ११, नवग्रहसम्वद्धसूक्त, स्तोत्र आदिको पाठ, अभिषेक, जप, हवन सबैको दशांशहवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, गोदान, तुलादान, ८४ शिद्ध पुजन, ६४ लिङ्गतोभद्र पूजन सामूहिक ब्रतबन्ध, पञ्चायनमहापुराण, शिवलाई प्रधानमानी शिवमहापुराण, गणेश महापुराण, विष्णु महापुराण, श्रीमद्देवीभागवतमहापुराण, सूर्यपुराण, साम्बपुराण, कालिकापुराण,स्कन्दमहापुराण, पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण आदि विविध कार्यक्रमको वैदिक पद्धति अनुसार उचित उत्तम शुभ साइतमा सम्पन्न गरिने ज्योतिषाचार्य पण्डित गणेश पन्तले बताए ।

बनारसी धामविश्वनाथ सेवा समाजका अध्यक्ष उत्तर बहादुर चन्दको अध्यक्षतामा कर्तिक २० गते मंगलबार बसेको बैठकले स्रोत साधन र समय अनुसार आर्थिक अवस्था हेरी उपयुक्तहुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सवै पक्षको अवस्था हेरी सञ्चालन गर्ने निर्णय गरेको छ ।ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद् गुरू अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराज श्री जी, वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल, ऐतिहासिक पशुपति कोटीहोमका धार्मिक प्रवक्ता व्यासाचार्य राजानन्द मान्डव्य गुरू, वाचन सम्राट पण्डित भिमकान्त भागवत, बरिष्ठ आध्यात्मिक

समदर्शी आचार्य चन्द्रकान्त पौडेल, कथावाचक स्वामी अर्जुनकृष्ण दाशजी महराज, ज्योतिषाचार्य भागवत कथा व्यास मोहनचन्द्र जोशी भम्केनीधाम, मानखण्डका मूर्धन्य विद्वान आर्चाय पण्डित घनश्याम लेखक मानसखण्ड पञ्चाङ्गकार, हिन्दू जागरण नेपाल अभियान कास्की पोखराका अध्यक्ष नरहरि गौतम, संस्कृतविद् आचार्य कृष्ण, भागवत वाचक किरण लामगादे, ज्योतिषी पण्डित अर्जुन कालिकोटे, वास्तुवित लक्ष्मण रसाईली, संस्कृतविद लेखराज गुरू, ध्रुवराजलुईटेल, चितवनबाट धार्मिक अभियन्ता कर्ण विश्वकर्मा, शुभाष ढकाल, नेपालगन्जबाँकेबाट कौशल धामी बाबा, जापानबाट राजेन्द्र भुसाल, साउदीबाट श्रीहरि विश्वकर्मा, अमेरिकाबाट शोभाकान्त ढकाल , आष्ट्रेलियावाट, मनोज तिमिल्सिनालगायत साधुसन्त महन्त त्रिदण्डी स्वामी बह्मचारी मठाधीश पिठाधीश मण्डलेश्वर महामण्डलेश्वर आदि देशभरका गुरूहरू, दक्षिण भारतबाट पाँचजना ब्राह्मण, १ सय ८ जना भागवताचार्य गुरु, २५ जना विद्वान प्रवचनकर्ता गुरु र ११ जना काशिबनारसबाट शीर्ष मुर्धन्य विद्वान गुरू, विन्द्रावनबाट सात जना गुरू लगायत अन्य देश विदेशका हिन्दू धर्मावलम्वीगुरूहरूलाई समेत निमन्त्रणा गर्ने बिषयमा उच्च स्तरीय विशेष छलफल भइरहेको समितिका पदाधिकारीहरुले बताए ।
बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिकभौतिक एंव आर्थिक समग्र पक्षको विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको सेवा समाजका अध्यक्ष चन्दले बताए।मुख्यपुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको बिषयको देशभर सन्देश दिने समेत कार्यक्रमको उद्देश्य रहने बनारसीधाम विश्वनाथ सेवा समाजका सदस्य धनीदत्त भट्टले बताए ।

सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा चीरपरिचित बनारसीधाममा कस्तो खालको धार्मिक अनुष्ठान गर्ने बिषयमा १५ दिनभित्र सुझाव सल्लाह दिन सम्पूर्ण भक्तजन, हिन्दू धर्मावलम्बीहरूमा अनुरोध गरिएको समाजका सदस्य गोपालसिंह भाटले बताए। धामलाई तीर्थस्थलको रुपमाविकास गर्ने यहाँका सम्पूर्ण जनप्रतिनिधि, राजनितीकदल तथा स्थानीय समुदाय, धर्मप्रेमी, समाजसेवी, बुद्धिजिवीहरुलाई सल्लाह र सहयोगका लागि उपाध्यक्ष मनिराम कोलीले अपील गरेका छन् ।हरेक वर्षको माघ शुक्लपक्षको शैल्य दशमीका दिन बनारसीधाममा विशाल मेलाका साथै पूजालाग्ने गर्दछ । साउनेमेला, मकरमेला, गंगादशहरामेला, कोटिहोममेला, अक्षय तृतियामेला, विभिन्न पर्वहरुमा पर्वपूजा,महास्नान महारुद्राभिषेक,जात्रा, उत्सव, नित्यपूजा गंगास्नान, श्राद्धतर्पण आदि भईरहने धामका धार्मिक प्रवक्ता ज्योतिषी पण्डित गणेश प्रसाद पन्तले बताए ।
पौराणिक मान्यताअनुसार द्वापर युगमा खरर्परासुर ९खपरे० बाणाशुर, भष्माशुर अन्धकाशुर कालयवन लगायतका महाभयानक दैत्त्य दानव र देवताबीच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा ९गुर्ज० प्रहार गरि बध गरेको र त्यसै दिनदेखि देवताहरुले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रुपमा नामारण गरेको किम्बदन्ती छ । २२ वटा रुप धारण गर्ने श्मशानवास भएको मसानी देवताको रुपमा पनि रहेको इतिहासका जानकारहरू बताउछन् । सबै देवताको आधा शक्तिको रुपमा रहेका वनारसी देवता ८४ सिद्ध १६ शिवालय र १२ मसानका गुरू समेत रहेका संसारकै श्रेष्ठ तीर्थस्थलमा गणना भएको विश्वनाथ नगरीलाई धर्म गुरूहरूले मान्यता दिएका छन् । श्मशान घाटको नदिको त्रिवेणी संगम उत्तरपश्चिम किनारमा मूल स्थानरहेको छ । शास्त्र पुराणमा भने ज्योतिर्लिङ्गको रुपमा रहेको सदाशिवको मूल स्थान भनेर वर्णन गरिएको छ ।
अनादिकालको पौराणिक, ऐतिहासिक शास्त्रसम्मत तीर्थस्थलको संरक्षणसम्बर्धन गर्नु हामी सबैको कर्तब्य हो । यज्ञ गर्दा संस्कृतिमाथि कुनै पनि किसिमको विवाद, वाधा, अड्चन नआउने, परम्परा, देशाचार, कुलाचार र शास्त्राचार समेतलाई मध्यनजर गरी महायज्ञ सञ्चालन गरिने वडा अध्यक्ष एवं सेवा समाजका सचिव करुणाकर भट्टले बताए । २२ वटा तालको जलबाट अतिरुद्राभिषेक गरिने हुँदा सम्पूर्ण कन्याकुमारी तथा मातृशक्तिलाई सल्लाह सुझावको लागि आग्रह गर्नुपर्ने कुरा महिला सदस्य लक्ष्मी भाटले वताइन् ।
श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर सित संवन्धित सवै मडाल सिमडा भुमीराज, सैनदेउ,सहस्त्रलिगं र वनारसीका वरिपरि रहेका सम्पुर्ण मन्दिरका सवै कर्मचारीलाई छिटै सुझाव सल्लाह र वार्ड नं।२, ३, ४, ६,८ र ९जनप्रतिनिधि तथा सम्पुर्ण धार्मिक समितिका पदाधिकारी,सम्पूर्ण सदस्यहरु आ–आफ्नो क्षेत्रबाट छिटै सुझाव सल्लाह एवम् जानकारी गराउन हुन वनारसीधामका मूल पूजारी तथा सदस्य धिरे लुहारले वताउनु भयो ।
परम्परागत इतिहास बँचाउने पुरानो परम्परा सम्वन्धी सम्पुर्ण कार्य कसरी गर्ने भन्ने सन्दर्भमाकृति चन्दर गोपाल सिंह विष्टले इतिहास तथा परम्पराको खोजखबर तथा अनुसन्धान गर्नुपर्ने कुरावताउनु भयो। यसै गरीआर्थिक भौतिक अवस्था तथा समय अनुकुल हुनेगरी यज्ञ गर्नुपर्ने राजेश विष्ट लगायत समितिका सवै सदस्यहरूले समय अनुकुल अवस्था हेरी महायज्ञ गर्नुपर्ने वताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.