पिपिएलको उपाधि कुइनोडा गुरुखोला लायन्सलाई उपबिजेता पाटन भ्याली लाई
बैतडी कार्तिक १४, बैतडीको पाटन सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिग९पिपिएल–४० को उपाधी कुइनोडा गुरुखोला लायन्सले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा पाटन भ्याली क्रिकेट क्लवलाई ४५ रनले पराजीत गर्दै गुरुखोला लायन्यले उपाधी हात पारेको हो ।
आज सम्पन्न उपाधि भिडन्तमा पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै गुरूखोला च्याम्पियन बन्यो ।
च्याम्पियनसंगै गुरूखोलाले १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र पायो भने भ्यालीले
५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायो।
श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९५ रन बनायो।
जसमा निराजन गौतमले अर्ध सतकीय इनिङ खेल्दै ९८ रनमा अविजित रहे। अशोक विष्टले ३४,कल्पेस चन्दले २०,आयुश चन्दले १३ रन हिर्काए।
भ्यालीका सन्दीप खत्री ३ र टेकराज जोशीले २ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रेको भ्याली २० ओभरमा १५० रनमा अलआउट भयो। उसका सन्दीप विष्ट ४६ र दीपक टमटाले ३३ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन् ।
गुरूखोलाका प्रदीप चन्दले ३,विकास आग्री र कप्तान वसन्त खत्रीले २र२ विकेट लिए।
गुरूखोलाका निराजन गौतम म्यान अफ द फाइनल चुनिएका छन्र ।
यसैबीच प्रतियोगिताभर ३५० रन र १ विकेट हात पारेका पञ्चेश्वर गाउँपालिकाका अभिषेक पाल म्यान अफ द सिरिज चुनिए। उनले म्यान अफ द सिरज वाफत १२ हजार ३४५ पुरस्कार पाए।
गुरूखोलाका तर्फबाट खेलेर ३७२ रन हिर्काएका निराजन गौतम बेस्ट ब्याटर र आयोजकका तर्फबाट खेल्दै १२ विकेट लिन सफल भएका सुभाष विष्ट बेस्ट बलर भए। दुबैजनाले समान ६ हजार ७८९ पुरस्कार पाए।
पाटन भ्याली क्रिकेट क्लबका टेकराज जोशी उदयीमान, किम्तोली क्रिकेट क्लबका हरिश चन्द भेट्रान खेलाडी,अनुशासित टोलीको रूपमा सिगास गाउँपालिकाले पुरस्कार पाए ।
विजेता,उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीहरूलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल,सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुँवर,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको थियो ।