पाटन प्रिमियर लिगमा गुरूखोला र पाटन भ्याली फाइनलमा भिड्ने

बैतडीः बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको उपाधिका लागि पाटन भ्याली क्रिकेट क्लब र कोइनोडा टिम गुरूखोला लायन्स भिड्ने भएका छन्।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पञ्चेश्वर गाउँपालिकामाथि ९१ रनको फराकिलो जित निकाल्दै भ्यालीले फाइनलमा स्थान सुरक्षित गर्याे ।

जितका लागि पाएको १७२ रनको विजय लक्ष्य पछ्याएको पञ्चेश्वर १२.५ ओभरमा ८० रनमा अलआउट भयो।
जसमा वसन्त कार्कीले सर्वाधिक २० रन बनाएपनि अन्य ब्याटर चल्न नसक्दा पञ्चेश्वर सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

भ्यालीका कप्तान दीपेन्द्र भण्डारी एक्लैले ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत चुनिए ।

उसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको भ्यालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन बनायो।
सन्दीप खत्री ४८,राहुल भण्डारीले ३८ रनको योगदान गरे।
पञ्चेश्वरका विरेन्द्र नाथले ४ विकेट हात पारे

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई ८७ रनले हराउदै गुरूखोला पनि फाइनलमा पुगेको छ।

पाटन भ्याली क्रिकेट क्लब र कोइनोडा टिम गुरूखोला लायन्सबीचको फाइनल खेल बुधबार बिहान १० बजेदेखि शुरू हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

फाइनल समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने जनाएको छ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको

सम्बन्धित

Leave A Reply

Your email address will not be published.