बैतडीमा प्रथम भेट्रान भलिबल प्रतियोगिता सम्पन्न उपाधि खेलकुद महासंघको टीमले जित्यो
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा सोमबार सम्पन्न भएको जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिताको रहेको उउपाधि नेपाल खेलकुद महासंघ बैतडीको टीमले हात पारेको छ ।
उपाधिसंगै २५ हजार नगद,ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा दनपा १ गुरुखोलाले दोश्रो स्थान हाँसिल गरेको छ । गुरुखोलाल नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
यस्तै प्रतियोगितामा तेश्रो भएको ग्वाल्लेक–नागार्जुनले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान प्राप्त गरेको दनपा १० बाराकोटले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।
प्रतियोगितामा नेपाल खेलकुद महासंघका भुपेन्द्र चन्द उत्कृष्ट खेलाडी भएका छन् । उनले नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका बेस्ट स्पाइकर दनपा १ गुरुखोलाका गोपाल बिजले, बेस्ट सटर नेपाल खेलकुद महासंघका राजबहादुर पाण्डेय, बेस्ट ब्लकर दनपा १० बाराकोटका गगन चन्द, बेस्ट डिफेन्सर नेपाल खेलकुद महासंघका कृष्ण ओड र बेस्ट सर्भर ग्वाल्लेक –नागार्जुनका करन चन्द भएका नेपाल खेलकुद महासंघका टीम म्यानेजर मनोज बोहराले बताए । उनीहरुले जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । यही कार्तिक १० गतदेखि सञ्चालन भएको प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुलाई मात्रै समावेश गरिएको थियो ।
प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी, दशरथचन्द नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए ।