टुटी र ढक्कन सहितको बाल्टी बितरण गर्दै रूडेस बैतडी
बैतडी–असोज २४ / ग्रामीण बिकास एबंम वतावरण ब्यवस्थापन समाज (रुडेस) बैतडीले दशरथचन्द नगरपालिकाका बिभिन्न टोलहरुमा टुटी र ढक्कन सहितको बाल्टी बितरण गरिरहेको छ । अक्सफाम नेपालको सहयोगमा नगरपालिका भित्रका प्रत्येक वडाहरुको एउटा टोलमा बाल्टी बितरण गरिरहेको रुडेसका कार्यकारी निर्देशक गोबिन्द राज जोशीले जानकारी दिनुभयो ।
सरसफाईका लागी ब्यबहार परिबर्तन परियोजना अन्र्तगत कोरोना महामारीको समयमा नागरिकहरुलाई सरसफाई प्रति अभिप्रेरित गर्ने उदेश्यले बाल्टीहरु बितरण भईरहेको हो । नगरपालिकाका ११ वडाहरुको प्रत्येक एक टोलका ८० देखि ८५ घरधुरीलाई बाल्टी बितरण भईरहेको हो ।
“कम्तीमा २० सेकेण्डसम्म मिचिमिच हात धौऔँ, कोरोनाबाट आफु पनी बचौँ र अरुलाई पनी बचाउँ ” भन्ने नाराका साथ रुडेसले टुटी र ढक्कन सहितको बाल्टी बितरण गरिरहेको कार्यकारी निर्देशक जोशीले बताउनुभएको छ ।
शनिबार नगरपालिकाको वडा नम्बर १०, ८, १ र ३ का बिभिन्न टोलहरुमा बाल्टी बितरण गरेको उहाँले बताउनुभयो । रुडेसले कोरोना भाईरस कोभिड १९को संक्रमणबाट बच्नका लागी समुदाय स्तरमा बिभिन्न सचेतना मुलक कार्यहरु पनी गर्दै आएको छ ।