बैतडीको हुक्केडाँडामा विद्यार्थी मैनबत्ति उत्पादनमा व्यस्त
बैतडी, ४ कात्तिक बैतडी जिल्लाको पाटन नगरपालिका–९, हुक्केडाँडामा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रहेको विद्यार्थी मैनबत्ती बनाउन लागेका छन् । कक्षा १० सम्मको पठन पाठन हुने विद्यालयमा हाल २ २० सय २०भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
अभिभावकहरुबाट बर्षेनी चन्दा संकलन गरेर विद्यालय चलाउनु पर्ने समस्या झेलीरहेको यस विद्यालयले भने विद्यार्थीहरुको सीप विकासका साथसाथै आर्थिक लाभ लिनका लागि विद्यालयमा तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन गरिरहेको छ ।
दशै बिदा सकिएसंगै विद्यालय खुलेको दिनदेखि दैनिक मैन बत्ती बनाउन विद्यार्थीहरु लागी रहेका छन् । विद्यार्थीहरुको प्रयोगात्मक कार्यद्वारा मैनबत्ती बनाउने सीप सिकेको र भविष्यमा पनि घर धन्दा र जिविका चलाउन सहयोग पुग्ने विधालयका व्यवस्थापन समीती अध्यक्ष प्रेम सिह भाटले बताएका छन् ।
विभिन्न पाकेट मैनबत्तिहरु उत्पादन गरिसकेको र उत्पादन गरिएका मैनबत्तिहरुलाई छिमेकी बजारहरुमा बिक्रीवितरण गरी सोबाट आएको रकम बिधालयमा जामा गरीने र निजी शिक्षकहरुलाई पारिश्रमिक खुवाउने कुरा रेडीयो बैतडीका संवाददाता गोपाल सिंह महराले बताउनु भयो ।
सामुदायिक विद्यालयहरु मध्ये जिल्लाकै पहिलो छात्रावास भएको यस विद्यालयमा आधारभुत तह सम्म अंग्रेजी माध्यममा पठनपाठन भईरहेको छ । शैक्षिक गुणस्तर संगसंगै विद्यार्थीहरुको पेसागत क्षमता विकासका लागि मैनबत्ती बनाउने कार्यको थालनी गरिएको कुरा विद्यालयका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनु भयो ।