बैतडीमा प्रहरी प्रमुख र पत्रकारबीच परिचयात्मक कार्यक्रम
बैतडी असोज २१ जिल्ला प्रहरी कार्यालय बैतडीमा हालै आएका डिएसपी मकेन्द्रकुमार मिश्र,, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी जनकराज ढुंगाना र बैतडीका पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा जिल्लामा भइरहेका र हुन सक्ने विभिन्न अपराधका घटनाहरुलाई कसरी घटाउने भन्ने विषयमा छलफल भएको थियो । बैतडीका पत्रकारहरुको उपस्थित रहेको कार्यक्रममा पत्रकारहरुले सूरक्षामा प्रहरीले खेल्नु पर्ने भूमिका र पत्रकारहरुले गर्नु पर्ने सहयोगका बारेमा सल्लाह सुझावहरु दिएका थिए ।
जिल्लामा भएका हरेक घटनाका जानकारी प्रहरीले पत्रकारलाई जतिसक्दो छिटो उपलब्ध गराउने र पत्रकारहरुले पनि गाउँठाउँमा घटेका तर त्यहाँ प्रहरी नपुगेको अवस्थाका कुनै पनि घटना तत्काल प्रहरीलाई जानकारी गराउने विषयमा छलफल भएको थियो । दुवैतर्फले यसमा आवश्यक सल्लाह सुझाव आदानप्रदान गरेका थिए ।