कलिलो उमेरमै हड्डिको क्यान्सरबाट ग्रसित भुवनेश्वरीको उपचारमा आर्थीक संकट
असोज १८ बैतडी : १७ वर्षको कलिलो उमेरमै हड्डिको क्यान्सरबाट ग्रसित भुवनेश्वरी भण्डारीको उपचारमा आर्थीक समस्या भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–२ मेल्लाउकी भण्डारीको उपचारमा आर्थीक समस्या भएको वुवा करन भण्डारी (धुर्व) ले जानकारी दिए।
बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनबाट आर्थीक समस्याका कारण १५ दिनमै घर फर्किनु परेको पारिवारले दुखेसो पोेखेको छन। छोरीको उपचारमा करिब ९र१० लाँख खर्च हुने कुरा आएपछि घर फर्किनु परेको परिवारले जनाएको छ।
घरको आर्थीक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचारमा चरम आर्थीक समस्या भएको बुवा करन भण्डारीले बताए। आफुसंग भएको पैसाले थोरै उपचार गर्न सकिएको उनले बताए।
भुवनेश्वरीको उपचारको लागि यतिबेला आर्थीक सकंलन अभियान सञ्चालन गरिएको छ। समाजीक सञ्जालबाट भुवनेश्वरीको जिवनरक्षाका लागि सकेको सहयोग गरिदिन अभियान्ता मनोज बोहराले आग्रह गरेका छन।
भुवनेश्वरीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले प्रभु बैंक देहीमाण्डौंमा प्रेमसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३६७०२६९२५१००००१६, ग्लोबल आइएमई बैंकमा करनसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३१०७०१०१३६९८३ र भारतमा रमेशसिंह भण्डारीको गुगल पे नम्बर ९६६७३४८९२४ मा रकम जमा गर्न सक्नेछन् ।
भुवनेश्वरीको उपचारमा आर्थिक सहयोग गरिदिन उनका बुवा करनसिंह भण्डारीले सबै सहयोगी महानुभावहरुलाई अनुरोध गरेका छन् ।