बैतडीका दिनेश गाडीको ठक्करबाट भारतमै अस्ताए, परिवार शोकमा

बैतडी असोज १६ : बैतडीका एक युवक भारतमा अस्ताएका छन। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला बन्तडमा २८ बर्षीय दिनेश भट्ट गाडीको ठक्करबाट भारतमै अस्ताएका हुन।

सातआठ वर्षदेखी भारतको चेन्नइमा रोजगारी गरिरहेका भट्टको आइतबार गाडीको ठक्करबाट मृत्यु भएको ठुलबुवाका छोरा भुवन भट्टले बताउनु भयो। दशैंको मुखमा दिनेशको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।
सानै उमेरमा आमा र ५ वर्ष पहिला बुवा गुमाएका दिनेशको घरमा कान्छि आमा, एक दाई,भाउजु र एक भाई रहेका छन।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.