बैतडीका एक युवक महाकाली नदीमा बगेर बेपत्ता
बैतडी असोज ११ :महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी आज बिहान ११ बजे महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।
पिथौरागढबाट घर फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका बताइएको छ ।
नदीमा खसेर बेपत्ता धामीको खोजतलासका प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।
अहिले उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।