डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटी असोज ४ : डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ उडितोलामा दिपायल आउँदै गरेको जिप दुर्घटना भएको हो।

जिपमा चालकसहित ११ जना सवार रहेकोमा चार जना घाइते भएका छन्। पुर्विचौकी गाउँपालिका–४ सानागाउकाँ अनिल खड्काले चलाएको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा पुर्विचौकी–४ की १५ वर्षीया सितल खड्का, १६ वर्षीया सिर्जना खड्का, १७ वर्षीया पार्वती खड्का र १८ वर्षीय खेम चयडा रहेका छन्। घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.