एमाले दनपाको २ दिने कार्यकर्ता प्रशिक्षण सुरु

बैतडी असोज ३ : बैतडीको दशरथचन्द नगरपालिकामा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । एमालेको जिल्ला पार्टी कार्यालयमा आजदेखि दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएको एमाले दशरथचन्द नगर कमिटि अध्यक्ष मनोज बोहराले जानकारी दिए ।

प्रशिक्षणमा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका वडा कमिटि पदाधिकारी, नगर कमिटिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला सल्लाहकारहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेशकुमार विक, जिल्ला कमिटि सचिवालय सदस्य निर्मल पाण्डेय, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लगायतले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षणमा एमाले नीति, सिद्धान्त, संगठन विस्तार लगायतका बिषयमा छलफल र प्रशिक्षण भइरहेको नगर कमिटि अध्यक्ष बोहराले बताए ।

एमाले नगर कमिटिका अध्यक्ष मनोज बोहराको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम उद्दघाटन समारोहमा केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा एमालेका प्रदेश कमिटि सदस्य महादेव भट्ट, बिष्ना चन्द लगायतको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.