बैतडीकी धौलीको क्यान्सर उपचारका लागि सहयोगको अपिल

बैतडी भदौ २५ : विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी दशरथचन्द नगरपालिका– ७ सुर्काल हाल दोधरा चादनी नगरपालिका ७ बसने धौली बडुको थप उपचारमा सहयोगका लागि अपील गरिएको छ । समाजसेवी युवाहरुले बडुको उपचारका लागि सहयोग अभियान संचालन समेत गरेका छन् ।

मृगौला क्यान्सरबाट पीडित धौली विगत एक वर्षदेखि काठमाण्डौँमा उपचार गराइरहेकी छिन् । आफुसंग भएको सम्पत्ती बेचेर समेत उपचार खर्च धान्न नसकेपछि सहयोगको अपील गरिएको सहयोग अभियान्ता नरेश पन्तले बताउनु भयो । युवाहरुले संचालन गरेको सहयोग अभियान पछि सहयोग समेत उठ्न थालेको छ ।

हाल सम्म बडुको उपचारका लागि १४ लाख जति खर्च भैसकेको र अप्रेशन गर्न अझै १४र१५ लाख लाग्ने भएकाले सहयोग गर्न परिवार र स्थानीय समाजसेवी युवाहरुले आग्रह समेत गरेका छन् ।
सहयोग गर्नुहुने महानुभावहरुले भारतका लागि केसब बडु र नेपालका लागि पिडितका भाई माधब जोशीको तपशीलको खातामा सहयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.