हरितालिका तिजको अवसरमा दोगडाकेदारमा तिज नृत्य प्रतियोगिता हुने

बैतडी भदौ १५ : बैतडीको दोगडाकेदार गाउँपालिकामा हरितालिका तिजको अवसरमा तृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । श्रीकोट बहुमुखी क्याम्पसको आयोजना र उदाउने मिडिया प्रालि तथा रडियो सेभेन स्टारको सहकार्यमा यही भाद्र १८ र १९ गते नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।
श्रीकोट बहुमुखी क्याम्पस खोचलेकको प्रांगणमा आयोजना हुने प्रतियोगितामा दोगडाकेदार गाउँपालिका भित्रका १० वटा माध्यामिक तहका विद्यालयहरुले सहभागिता जनाउने छन् ।
उक्त प्रतियोगिताको प्रथम पुरस्कार २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय पुरुस्कार १५ हजार नगदसहित प्रमाणपत्र, त्रितिय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा मावि स्तरीय प्रतिस्पर्धा हुने भएपनि खुल्लारुपमा प्रस्तुतीकरण रहने बताइएको छ । यसैगरी स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने कार्यक्रम आयोजकले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.