बैतडी : संघिय र प्रदेश सांसद योजना अनुगमन गर्न गाउँगाउँमा
बैतडी–असोज २३ / बैतडीवाट निर्वाचित सांसदहरु संघ र प्रदेशबाट सञ्चालित योजनाहरु अनुगमन गर्न गाउँगाँउमा पुग्न थालेका छन । योजना अनुगमन संगै जनता संग प्रत्यक्ष भेटघाट पनि गरिरहेका छन् । संघिय सांसद दामोदर भण्डारी र बैतडी क्षेत्र नं ख वाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्ट योजनहरुको अनुगमन संगै आम जनताहरु संग भेटघाट गरि सुझाव संकलन गरिरेका छन ।
दिगो विकासको लक्षलाई प्राप्ती गर्नका लागि योजनाहरुको अनुगमन संगै जनता र प्रतिनिधीको संम्वन्धलाई अझ प्रगाढ बनाउन कोरोना भाईरसको प्रकोप कायमै रहेकाले आवश्यक स्वास्थ्यका मापदण्ड पालना गरि घरदैलो कार्यक्रम संचालन गरिरहेका प्रदेस सभा सदस्य लिलाधर भट्टले वताए ।संघ प्रदेस र स्थानिय तहको बजेटबाट संचालित योजनहरु जनमुखी भएनभएको विषयमा जाचँवुझ गर्न र विकास निर्माण गर्दै जादाखेरी सुधार गर्नु पर्ने कुराहरुमा जनताहरुको सुझाव संकलन गर्न लागिएको उहाँले वताए ।
पछिल्लो समय कार्यक्रतामुखी बजेट विनियोजन, आसेपासेलाई योजना वितरण भइरहेको भन्ने भ्रमातमक हल्ला यदाकदा सुन्नमा आएकाले पनि सांसदहरुले योजना अनुगमन तथा जनता संग भेटघाट गरिरहेका हुन् । सासंदहरुका् अनुगमन कार्यले योजनाहरु दिगो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।अनुगमनमा स्थानियतहका जनप्रतिनिधी र संघ र प्रदेसका सांसद सहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ ।
अहिले स्वराडका तिन स्थानिय पञ्चेश्वर, शिवनाथ र मेलाैलीमा कार्यक्रम भइरहेको र पछि जिल्लाका सबै स्थानिय तहमा कार्यक्रम गरिने वताइएको छ । वेलावेला बैतडीका सांसदहरुले योजनाहरुको अनुगमन र जनताहरु संग भेटघाट गर्दै आएका छन ।