जगन्नाथ बहुमुखी क्याम्पसमा भट्टको सहयोगले सरसफाइ

हजारी महरा बैतडी साउन ३२ : जगन्नाथ बहुमुखी क्याम्पसमा सरसफाइ गरिएको छ । क्याम्पस हातामा फोहोर निकै भएपछि शुक्रबार दिउँसो क्याम्पस क्षेत्रको सरसफाइ गरिएको हो । दोस्रो सेमेस्टर का बिद्यार्थी रोशन भट्ट को सहयोग तथा स्वतन्त्र विद्यार्थी युनियन स्वबियु को सहजिकरण मा क्याम्पस प्राङ्गण सरसफाइ तथा सौचालय ब्यवस्थित सरसफाइ गरिएको छ ।

१ बर्ष देखि क्याम्पस सौचालय को अवस्था एक दमै जिण अवस्थामा रहेकाले बिद्यार्थीहरुलाई सौचालय प्रयोग गर्न पनि धेरै नै असहज भएकोले रोशन भट्ट र स्वतन्त्र विद्यार्थी युनियन व्यवस्थापन कदम चालेको हो शौचालय सरसफाइ तथा व्यवस्था गरेको हो ।

रोसशन भट्ट स्वबियु सभापति धनि भट्ट चौथो सेमेस्टरका बिद्यार्थी दिपेन्द्र प्रसाद पाण्डे बिबेक लाबड राजन पेला र नरेन्द्र बोहरा पनि सरसफाइमा सहभागि थिए । यस ब्यबस्थापन मा रोसन भट्टले आफ्नो सहयोग मा गरेकोले सबै सामग्रीहरु र सबै लागेको खर्च पनि बेहोरेका हुन । बिद्यार्थीहरुका समस्याहरु मा रोसन भट्टले जहिले पनि एकताबद्ध रहेर सहयोग गर्ने पनि बताए । भट्टले क्याम्पसमा धेरै समस्या रहेका छन अब यि सबै समस्याहरु हामि क्रमस समधानका रुपमा लग्ने पनि बताए ।

बिदा भए पछि सबै बिद्यार्थीहरु मिलेर सरसफाइमा सहयोग गरेका थिए । यो लगत्तै स्वबियु सभापति धनि भट्ट ले क्याम्पस मा छात्राहरुको ठुलो समस्याका रुपमा रहेको प्याडको ब्यबस्था पनि गर्ने बताए ।

विज्ञापन
विज्ञापन
सम्बन्धित

Leave A Reply

Your email address will not be published.