जगन्नाथ क्याम्पसको स्ववियुले निःशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने
साउन २४ करुणाकर भट्ट बैतडी–बैतडीको दशरथचन्द नगरपालीका ४ गोठलापानी स्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर पूरक तयारी कक्षा सञ्चालनको पहल गरिएको स्ववियु सभापति धनी भट्टले बताए ।
तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुलाई साउन २७ गते भित्र नाम दर्ताका लागि समय तोकिएको स्ववियु सभापति भट्टले बताए । साउन २७ देखि भदौ २३ गते सम्म जगन्नाथ बहुमुखी क्याम्पसको हलमा पूरक तयारी कक्षा सञ्चालन गरिने बताइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि भदौ २५ र २६ गते पूरक परीक्षाको मिति तय गरेको छ ।