देहीमाण्डौ बजारमा प्रभु बैंकको एटीएम सेवा शुरु

२०८१ साउन २४ बैतडी : प्रभु बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले बिहीबार देहीमाण्डौ बजारमा प्रभु बैंकको एटीएम सेवा को शुरु गरेको छ । बैंकले हाल देशका विभिन्न २८३ वटा शाखा, मार्फत एटीएम सेवा प्रदान गर्दै आएको बैतडी शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिएका छन । बैकले सेवा विस्तार गर्ने क्रममा बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. २ स्थित आफ्नो शाखाबाट एटीएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ सेवा पु¥याउन पहल गरेको छ ।
(क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको थियो । बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ । देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीयले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.