सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन तिन दिन यातायात बन्द

साउन २२, २०८१सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ। पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो।

राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ। काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन सञ्चालन नहुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.