बैतडीमा जीप दुर्घटना हुदा ३ जना घाईते
बैतडी–असोज २३ / बैतडीमा जीप दुर्घटना हुदा ३ जना घाईते भएका छन । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ आमचौराबाट कुलाउ जादै गरेको से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा १२ जना सबार रहेको बुझिएको छ । जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । हल्दुबिनायक प्रहरी चौकीको टोली घटना स्थलमा पुगीसकेको बैतडीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । “प्रहरी घटना स्थलमा पुगीसकेको छ अहिले सम्र्पक हुन सकीरहेको छैन ” उहाँले भन्नुभयो । घटनाको बिस्तृत बिबतरण आउन बाँकी छ ।