कास्कीमा पहिरो जाँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु

असार २८:  अविरल वर्षासँगै गएराति पहिरो जाँदा पोखरामा एकै परिवारका ६ सहित ९ जनाको मृत्यु भएको छ। दुईजना सम्पर्कविहीन छन्।

पोखरा महानगरपालिका(१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा उनीसहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।

पहिरोमा पुरिएर कुलबहादुरकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियारको मृत्यु भएको हो। पहिरोमा पुरिएर छिमेकी राधिका परियारको पनि ज्यान गएको छ। दुईजनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ। उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चि

सम्बन्धित

Leave A Reply

Your email address will not be published.